Techie IT
२०८३ जेष्ठ १४, बिहीबार

चाँगाथलीमा कौडा खालमा प्रहरीको छापा


ललितपुरको महालक्ष्मी नगरपालिका–७, चाँगाथलीस्थित एक भिल्लामा सञ्चालन भइरहेको जुवा खालमा प्रहरीले छापा मार्दै २१ जना जुवाडेलाई पक्राउ गरेको छ।

सिन्धुपाल्चोकका ३२ वर्षीय दीपक बोहराले सञ्चालन गरेको ‘ग्रिन सिटी भिल्ला’को दोस्रो तलामा कौडा खेल भइरहेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीका अनुसार उक्त जुवा खालबाट ९ लाख ७ हजार रुपैयाँ नगद बरामद गरिएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार मोहन कृष्ण शाहीले भिल्लाको दोस्रो तला बुक गरेर कौडा खेल सञ्चालन गरिरहेका थिए। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट