Techie IT
२०८३ वैशाख १३, आइतबार

मनोहरा किनारका सुकुम्बासी हटाउन उपत्यकाका सबै प्रहरीहरु खटाइयो


काठमाडौंको मनोहरा नदी किनारमा बसोबास गर्दै आएका सुकुमबासीलाई हटाएर बस्ती खाली गर्न आइतबार बिहानैदेखि उच्च सुरक्षा सतर्कता अपनाइएको छ।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी प्रकाश जवेगुका अनुसार उपत्यकाभरका प्रहरी युनिटसहित अन्य सुरक्षा निकायसमेत परिचालन गरिएको छ। हाल बासिन्दाहरूले आफ्ना सामान सारिरहेका छन् भने सुरक्षाकर्मीले त्यसमा सहजीकरण गरिरहेका छन्।

शनिबार बस्ती खाली गर्ने क्रममा प्रहरीमाथि दुर्व्यवहार भएको थियो। सो घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। आज भने स्थानीय बासिन्दाले सहयोगात्मक भूमिका खेलेको डीएसपी जवेगुले बताएका छन्।

प्रहरीका अनुसार केही समयमै उक्त क्षेत्रमा डोजर चलाइने तयारी गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट