Techie IT
२०८३ जेष्ठ १९, मंगलबार

वीरगञ्ज मेयर सिंहलाई लिखत कीर्ते र झुट्टा विवरण प्रकरणमा धरौटी आदेश


जिल्ला अदालत पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसँग धरौटी माग गर्ने आदेश दिएको छ।

जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले मेयर सिंहविरुद्ध दर्ता भएको मुद्दामाथि सुनुवाइ गर्दै धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार सिंहविरुद्ध दुई वटा कसुरमा मुद्दा दर्ता भएको थियो।

अदालतले लिखत कीर्तेसम्बन्धी मुद्दामा ४ लाख रुपैयाँ र झुट्टा विवरण पेश गरेको आरोपमा १५ हजार रुपैयाँ धरौटी माग गरेको जनाएको छ।

मेयर सिंहविरुद्ध दायर दुवै मुद्दाको थप सुनुवाइ अदालतमा जारी रहनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट