Techie IT
२०८३ श्रावण १९, मंगलबार

क्यानका पूर्वमहानिर्देशक गौतम पुर्पक्षका लागि जेल चलान


पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अर्बौँको भ्रष्टाचार र अनियमितता मुद्दामा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई विशेष अदालतले पुर्पक्षका लागि जेल पठाउन आदेश दिएको छ।

मंगलबार विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले गौतमलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो।

पूर्वमहानिर्देशक गौतममाथि विमानस्थल निर्माणका क्रममा ८ करोड ९५ लाख २ हजार ७ सय ८० रुपैयाँ सरकारी रकम हिनामिना गरेको र प्राधिकरणलाई ठुलो हानी नोक्सानी पुर्‍याएको गम्भीर आरोप छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थल निर्माणमा प्राविधिक तथा आर्थिक अनियमितता गरेको दाबीसहित उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट