Techie IT
२०८३ असोज ७, बुधबार

राजधानीको टेकुमा दिउँसै चल्यो गोली


Gun Fire

काठमाडौँको टेकुमा आज दिउँसै गोली चलेको छ। काठमाडौँ महानगरपालिकाको फोहोरमैला संकलन केन्द्र नजिकै प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली चलाएको हो।

प्रहरीका अनुसार लागूऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा ब्यूरोको टोली अपरेसनका लागि उक्त स्थानमा पुगेको थाहा भएको छ। सो क्रममा कारोबारीहरूले प्रहरी टोलीमाथि नै आक्रमणको प्रयास गरेपछि आत्मरक्षार्थ प्रहरीले गोली चलाउनुपरेको ब्यूरोका एक उच्च अधिकारीले जानकारी दिए।

प्रहरीको गोली लागेर एक भारतीय नागरिक घाइते भएका छन्। ब्यूरोको टोलीले घाइतेसहित तीन जना कारोबारीलाई नियन्त्रणमा लिएको छ। घाइतेको उपचार भइरहेको र घटनाका सम्बन्धमा थप गम्भीर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट