Techie IT
२०८३ असोज १४, बुधबार

बैंकिङ कसुर मुद्दामा दुई जना पक्राउ


बैंकिङ कसुर मुद्दामा अदालतबाट सजाय तोकिएका र फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।

 पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका-११ घर भई हाल चन्द्रागिरि बस्ने ४७ वर्षीय रामजी ठाकुर र चितवनको भरतपुर महानगरपालिका-११ घर भई हाल काठमाडौं बस्ने ४० वर्षीय सन्तोष पाण्डे रहेका छन्। भक्तपुर जिल्ला अदालतको २०८२ वैशाख ७ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा २ वर्ष कैद सजाय तोकिएपछि फरार रहेका रामजीलाई कालीमाटीबाट र चितवन अदालतबाट पक्राउ पुर्जी जारी भई फरार रहेका सन्तोषलाई ललितपुरको धोबीघाटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

पक्राउ परेका रामजीलाई फैसला कार्यान्वयनका लागि भक्तपुर अदालत र सन्तोषलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट