Techie IT
२०८२ भाद्र १०, मंगलबार

प्रधानमन्त्री लाई फ्याट्टै मार्न मारौं भनेर हिंसात्मक अभिव्यक्ति दिने रतन कार्की पक्राउ पर्दैं


कात्तिक १४ गते साँझ दशरथ रंगशालामा भइरहेको साफ महिला च्याम्पियनसिपको फाइनल खेलका क्रममा नेपाली खेलाडीलाई हौसला दिन प्रधानमन्त्री केपी शर्मा ओली मैदानमा पुगेका थिए। 

यसै बेला, सामाजिक सञ्जालमा एक युवकले 'प्रधानमन्त्रीलाई आक्रमण गर्न उत्तम अवसर' भन्दै उत्तेजक अभिव्यक्ति दिँदै भिडियो सार्वजनिक गरेपछि यो विषय चर्चामा आयो।

उक्त अभिव्यक्ति दिने व्यक्ति २० वर्षीय भ्लगर रतन कार्की रहेको खुलेको छ। चितवन निवासी रतन अहिले विद्यार्थी भिसामा जापानको टोकियोमा बस्दै आएका छन्। 

उनले जारी गरेको भिडिओमा प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै आक्रमण गर्ने आशयले भड्काऊ अभिव्यक्ति दिएका थिए। उनले भिडिओमा "आजै हामीले यो काम गर्न सक्छौँ, बाहिर सबै जना मिलेर फ्याट्टै मार्न सकिन्छ," भन्दै हिंसात्मक अभिव्यक्ति दिएका थिए।

यो भिडिओ सार्वजनिक भएसँगै नेपाल प्रहरीको साइबर ब्युरोले यसलाई गम्भीर रुपमा लिँदै अनुसन्धान सुरु गरेको थियो। ब्युरोले सामाजिक सञ्जालमा हिंसात्मक र अराजक अभिव्यक्ति दिने व्यक्तिहरूको पहिचान गर्ने कार्य अघि बढाएको छ। 

अधिकारीहरूका अनुसार, रतनलाई इन्टरपोल मार्फत नेपाल ल्याउन आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ।

त्यस दिन रंगशालामा प्रधानमन्त्री विरुद्ध नाराबाजी पनि भएको थियो। उक्त नाराबाजीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समर्थकहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको समर्थन गर्दै प्रधानमन्त्रीको विरोधमा नारा लगाएको पाइएको प्रहरी स्रोतले जनाएको छ। 

यस घटनाको अनुसन्धान साइबर ब्युरो र जिल्ला प्रहरी परिसर काठमाडौंले अलग-अलग गरिरहेको छ। प्रहरी अधिकारीहरूका अनुसार यो सामूहिक घटना भएकाले कानुनी कारबाहीको दायरामा ल्याउने प्रयास भइरहेको छ।

कार्कीले सामाजिक सञ्जालमा राखेको भिडियोमा लाखौले हरेका छन् । हिंसात्मक अभिव्यक्ति दिएको भन्दै उनलाई कानुनी कार्वाहीमा ल्याउनु पर्छ भनेर धेरैले कमेन्ट पनि गरेका छन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट