हत्या गरेको अभियोगमा पक्राउ

फक्ताङलुङ गाउँपालिका-४ खोपाताल बस्ने ५६ वर्षीय बिर्ख बहादुर लाबुङको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २१ वर्षीय सुबास लिम्बुलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सुबासले कुटपिट गर्दा बिर्ख बहादुरको शनिबार साँझ मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस