Techie IT
२०८२ असार १४, शनिबार

घुसकाण्डका कारण सप्तरीका एसपी ढकेन्द्र खतिवडा जिम्मेवारीमुक्त


प्रहरी प्रधान कार्यालयले सप्तरीका प्रहरी प्रमुख (एसपी) ढकेन्द्र खतिवडालाई तत्काल प्रभावबाट जिम्मेवारीमुक्त गरेको छ। उनी खटाएका एक वरिष्ठ प्रहरी निरीक्षक (सई)ले घुस लिँदै गरेको भिडियो सार्वजनिक भएपछि खतिवडालाई हटाइएको हो।

प्रारम्भिक अनुसन्धानमा फरार अभियुक्तलाई नपक्रने सर्तमा घुस लिएको खुलासा भएको छ। सार्वजनिक भिडियोमा देखिएअनुसार, वरिष्ठ सई विश्वनाथ त्रिपाठीमार्फत एक व्यक्तिबाट ४ लाख रुपैयाँ घुस लिइएको थियो। पीडितका अनुसार, पटक–पटक गरी १० लाख रुपैयाँ माग गरिएको र त्यसअनुसार रकम बुझाइएको दाबी छ।

प्रहरी संगठनको आन्तरिक छविमा प्रश्न उठाउने घटनाको गम्भीरताका कारण गृह मन्त्रालयको निर्देशनमा छानबिन प्रक्रिया सुरु गरिएको छ। घटनाको यथार्थ पत्ता लगाउन एसएसपी शान्तिराज कोइरालाको नेतृत्वमा छानबिन समिति गठन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

यसैबीच, हटाइएका खतिवडाको स्थानमा नयाँ एसपीका रूपमा गौतम केसीलाई सप्तरीमा खटाइएको छ। उनले चाँडै जिम्मेवारी सम्हाल्ने बताइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट