Techie IT
२०८२ फागुन २, शनिबार

एमपिए परीक्षा लेख्न नक्कली परीक्षार्थी बनेका युवक पक्राउ


नक्कली परीक्षार्थी बनेर स्नातकोत्तर तहको जनप्रशासन विषयको परीक्षामा सहभागी भएका युवक पक्राउ परेका छन् । काठमाडौँको बल्खुमा रहेको जनप्रशासन क्याम्पसमा एमपिए तेस्रो सेमेष्टरमा अध्ययरत दानबहादुर रोकायको तर्फबाट परीक्षामा सहभागी भएका जुम्लाको चन्दनाथ नगरपालिका–८ का २६ वर्षीय केशव रोकाया नक्कली परीक्षार्थी भएको पाइएपछि क्याम्पसले कारबाहीका लागि प्रहरीलाई खबर गरेको थियो ।

प्रहरी वृत्त कालीमाटीबाट खटिइएको टोलीले उनलाई आज पक्राउ गरी शिक्षासम्बन्धी कसुरमा कारबाही अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । उनी नक्कली परीक्षार्थी बनेर मङ्गलको परीक्षामा सहभागी भएका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट