Techie IT
२०८२ मंसिर १, सोमबार

गृहजिल्ला बझाङबाट कति बुझ्दैछन् च्याम्पियन रविन्द्र ढाँट पुरस्कार?


बझाङी समाज काठमाण्डौको सम्मान कार्यक्रममा चेक बुझ्दै रबिन्द्र ढाँट । फोटोः रैवारप्रेस

नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले भारतको नोएडामा सम्पन्न ‘म्याट्रिक्स फाइट नाइट–१७' (MFN–17) मा शानदार प्रदर्शन गर्दै बान्टमवेट च्याम्पियनसिप टाइटल जितेपछि संघीय सरकारदेखि स्थानीय तह र वडा कार्यालयसम्मले उनको खेलजीवनमा ऊर्जा थप्ने उद्देश्यले नगद पुरस्कार दिने घोषणा गरेका छन्।

बझाङ्गको वित्थडचिर गाउँपालिका–४ का स्थायी वासिन्दा ढाँटलाई गृहजिल्लाका स्थानीय सरकारहरूले क्रमशः पुरस्कार घोषणा गर्दै आएका छन्। दुर्गाथली गाउँपालिकाले रु. १,११,१११ (एक लाख एघार हजार एक सय एघार) नगद दिने घोषणा गरेर सुरुवात गरेको अभियानमा पछि अरुपालिकाहरु पनि जोडिएका छन् । त्यसपछि साइपाल गाउँपालिकाले रु. १,२१,१११ (एक लाख एक्काइस हजार एक सय एघार) दिने घोषणा गर्‍यो भने ढाँटको गृहपालिका वित्थडचिर गाउँपालिकाले रु. ३,११,१११ (तीन लाख एघार हजार एक सय एघार) नगद पुरस्कार दिने घोषणा गरिसकेको छ।

वित्थडचिर गाउँपालिकाले यसअघि आर्थिक वर्ष २०८०/०८१ मा पनि प्रोत्साहनस्वरूप रु. १,००,००० (एक लाख) प्रदान गरिसकेको पालिका प्रमुख प्रशासकिय अधिकृत पदम उपाध्यायले बताएका छन् । यसैगरी, बझाङी समाज काठमाडौंले ढाँटलाई बाजागाजा सहितको भव्य सम्मान समारोह आयोजना गर्दै रु. १,०११,१११ (एक लाख एक हजार एक सय एघार) नगद पुरस्कार प्रदान गरेको छ । 

तलकोट गाउँपालिकाले फाइटर ढाँटका लागि रु. १,००,००० /- (एक लाख रुपैयाँ) दिने घोषणा गरेको पालिका अध्यक्ष कलक बहादुर रोकायाले बताएका छन् । 

बझाङका १२ स्थानीय तहमध्ये हालसम्म चार स्थानीय तहले मात्रै पुरस्कार घोषणा गरेका छन्, बाँकी आठ स्तानीय तहले भने पुरस्कार दिने मनसाय राखेका छन् तर निर्णय भने गरिसकेका छैनन् । 

बझाङ्गका स्थानीयतका प्रमुख र अध्यक्षहरुले रबिन्द्रलाई जिल्लामा बोलाएर सामुहिक रुपमा जिल्लामा कार्यक्रम आयोजना गरेर पुरस्कार हस्तान्तरण गर्ने योजना बनाएका छन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट