Techie IT
२०८३ असार १२, शुक्रबार

न्वागी पर्वमा ३ दिन सार्वजनिक बिदा


मकवानपुरको राक्सिराङ गाउँपालिकाले चेपाङ समुदायको महत्त्वपूर्ण पर्व न्वागी (छोनाम)को अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गाउँपालिकाले सूचना जारी गर्दै भदौ २१, २२ र २३ गते सार्वजनिक बिदा दिने जानकारी दिएको हो। गाउँपालिका अध्यक्ष राजकुमार मल्लका अनुसार चेपाङ समुदायको उल्लेख्य उपस्थिति भएकाले राक्सिराङमा न्वागी पर्व विशेष महत्वका साथ मनाइने हुँदा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।

उनका अनुसार बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचानसहितको नेपालमा अति सीमान्तकृत चेपाङ समुदायको प्रकृतिपूजक पर्व न्वागीलाई सम्मान गर्दै बिदा दिने निर्णय गरिएको हो। साथै, गाउँपालिकाले चेपाङ समुदायको संस्कृति संरक्षण र प्रवर्द्धनका लागि विशेष पहल गर्दै आएको पनि उनले उल्लेख गरे।

बिदाको अवधिभर गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी कार्यालय तथा शिक्षण संस्था बन्द रहनेछन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट