Techie IT
२०८३ असोज २५, आइतबार

डेलिभरीका क्रममा बाटोमै शिशु जन्म, दुवैको स्वास्थ्य सामान्य


बैतडीको पुर्चोडी नगरपालिका–१०, विजयपुरकी २२ वर्षीया बसन्ती विष्टले बाटोमै बच्चालाई जन्म दिएकी छन्।

बसन्तीको घर पुर्चौडी नगरपालिका र दोगडाकेदार गाउँपालिकाको सिमानामा पर्छ। डेलिभरीका लागि कटौजपानी स्वास्थ्य चौकी आउँदै गर्दा उनी बाटोमै शिशुलाई जन्म दिइन्।

कटौजपानी स्वास्थ्य चौकीकी अनमी रमिता जोशीका अनुसार, “बाटोमा प्रसव पीडा निकै भयो। स्वास्थ्य चौकी पुग्न झण्डै १० मिनेट मात्र लाग्ने भएकोले तत्काल शिशुलाई जन्म दिइसकेपछि स्वास्थ्य संस्थामा ल्याएर थप उपचार गर्‍यौं।”

अनमी जोशीका अनुसार बसन्तीले ३ किलो ४०० ग्राम तौलको शिशु जन्माएकी हुन्। स्वास्थ्य चौकीले हाल दुवैको स्वास्थ्य सामान्य रहेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट