Techie IT
२०८२ कार्तिक १०, सोमबार

शिवनाथ गाउँपालिकामा चार दिन सार्वजनिक बिदा


बैतडीको शिवनाथ गाउँपालिकाले यस वर्ष लाग्ने जात्राको अवसरमा चार दिनका लागि स्थानीय सार्वजनिक बिदा घोषणा गरेको छ।

शिवनाथ गाउँपालिकास्थित प्रसिद्ध शिवनाथ मन्दिर र देहीगडा भगवती मन्दिरमा लाग्ने धार्मिक तथा सांस्कृतिक जात्रालाई ध्यानमा राख्दै बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिएका छन् ।

उनका अनुसार अध्यक्षस्तरीय निर्णयबाट कात्तिक ११ र १२ तथा कात्तिक १८ र १९ गते गाउँपालिकाभर सार्वजनिक बिदा हुने छ।

यस अवसरमा शिवनाथ मन्दिरमा नेपालका विभिन्न स्थानका भक्तजन मात्र नभई भारतका सीमावर्ती क्षेत्रका दर्शनार्थीहरू पनि आउने परम्परा रहेको छ ।

स्थानीयवासीहरूका अनुसार यो जात्रा क्षेत्रकै सांस्कृतिक पहिचान र धार्मिक आस्थासँग गहिरो रूपमा जोडिएको उत्सव हो, जसले स्थानीय अर्थतन्त्र र सामाजिक एकता दुवैलाई सुदृढ बनाउने गर्छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट