अपिहिमाल क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने मेयर हमालको प्रतिबद्धता
अपिहिमाल गाउँपालिका र धनगढी उपमहानगरपालिकाबीच आपसी समन्वय र सहकार्यका आधारमा भगिनी सम्बन्ध स्थापना गर्ने प्रारम्भिक समझदारी बनेको छ। धनगढीमा न्यानो आतिथ्यता र मायाको चिनो प्रदान गरेकोमा अपिहिमाल गाउँपालिकाले धनगढी उपमहानगरपालिका मेयर गोपी हमालप्रति आभार व्यक्त गरेको छ।
आज भएको भेटघाटमा दुवै स्थानीय तहबीच पर्यटन विकासमा संयुक्त रूपमा काम गर्ने, विशेषगरी अपिहिमाल क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने सहमति भएको छ। साथै धनगढी उपमहानगरमा हुने रोजगार मेला तथा सिपमूलक तालिमहरूमा अपिहिमालका युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा पनि सकारात्मक समझदारी बनेको छ।
निकट भविष्यमै धनगढी उपमहानगरका जनप्रतिनिधि तथा कर्मचारीहरूको अपिहिमाल भ्रमण गर्नेबारे पनि भेटमा विस्तृत छलफल गरिएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगत सिंह ठेकेरे बोहराले बताएका छन् ।
यस महत्वपूर्ण अवसरलाई सहज बनाउन उल्लेखनीय सहयोग गरेका होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशब पाण्डे र नाटा सुदूरपश्चिमका अध्यक्ष पदम बहादुर सिंहप्रति पनि अपिहिमाल गाउँपालिकाले कृतज्ञता व्यक्त गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस