Techie IT
२०८३ वैशाख १५, मंगलबार

मंगलसेन नगरपालिकाद्वारा लोगो डिजाइनका लागि प्रस्ताव आह्वान


अछामको मंगलसेन नगरपालिकाले नगरको छुट्टै पहिचान झल्किने गरी आफ्नै आधिकारिक लोगो निर्माण गर्ने भएको छ। यसका लागि नगरपालिकाले लोगो डिजाइनसम्बन्धी सूचना सार्वजनिक गर्दै प्रतिस्पर्धात्मक रूपमा डिजाइन प्रस्ताव आह्वान गरेको छ।

नगर कार्यपालिकाको निर्णयअनुसार नगरपालिकाको भौगोलिक अवस्था, जनजीवन, ऐतिहासिक पृष्ठभूमि तथा प्राकृतिक, आर्थिक, सामाजिक र सांस्कृतिक विशेषता समेटिने गरी लोगो तयार गरिने जनाइएको छ। इच्छुक व्यक्ति, समूह वा डिजाइनरहरूले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र लोगो डिजाइन पेश गर्नुपर्नेछ।

प्रस्तावित लोगोमा ‘मंगलसेन नगरपालिका’ नाम, आदर्श वाक्य “समृद्धिको मार्गमा मंगलसेन”, नेपालको झण्डा तथा मंगलसेन नगरपालिका स्थापना भएको वर्ष अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ। साथै लोगोले नगरपालिकाको मौलिकता, भावना र विशिष्ट पहिचान स्पष्ट रूपमा झल्काउनुपर्ने सूचनामा उल्लेख छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट