Techie IT
२०८३ वैशाख १५, मंगलबार

काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले दिए राजीनामा


काठमाडौँ महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन्। उनले माघ ४ गतेदेखि लागू हुने गरी राजीनामा दिएका हुन्।

‘मैले राजीनामा दिइसकेको छु, माघ ४ गतेदेखि मात्र लागू हुनेछ,’ पाण्डेले भने। उनले आफ्नो राजीनामा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई बुझाएका छन्।

राजीनामापछि पाण्डे काठमाडौँबाट नै चुनाव लड्ने तयारीमा रहेको बताएका छन्। ‘मेयरसाब जुन पार्टीमा हुनुहुन्छ, त्यही पार्टीबाट चुनाव लड्छु। काठमाडौँकै कुनै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने योजना छ, तर क्षेत्र भने अझै तय भएको छैन,’ उनले बताए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट