Techie IT
२०८२ चैत्र १९, बिहीबार

काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने


काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने भएको छ।

यो सेवा अन्तर्गत ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म एउटा रुट निर्धारण गरिएको छ।

उत्तर–दक्षिण दिशाको यो रुट १६ किलोमिटरको एकतर्फी छ। पूर्व–पश्चिम दिशाको रुट भने थानकोटदेखि सतुंगल, कलङ्की, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म २० किलोमिटरको एकतर्फी दूरीमा सञ्चालन हुनेछ। यी दुबै रुटमा ४ वटा रात्रिकालीन विद्युतीय बसहरू सेवा दिनेछन्।

महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार, बेलुका ८ बजेपछि सार्वजनिक यातायात नहुँदा महँगो यात्रा गर्नु पर्ने समस्या र किशोरी, महिलाहरूले दुर्व्यवहार भोग्नु परेको स्थिति सुधार गर्न यो सेवा सुरु गर्न लागिएको बताएकी छन् । विद्यार्थीहरूका लागि पनि आर्थिक भार घटाउने उद्देश्य राखिएको कार्यवाहक प्रमुख डंगोलले बताएकी छन् ।

सेवा अत्याधुनिक, एकीकृत, सुरक्षित र भरपर्दो प्रणालीको रूपमा सञ्चालन गरिनेछ। हरेक बसमा सीसीटिभी क्यामरा जडान हुने र सुरक्षाका लागि नगर प्रहरी समेत खटाइनेछ। तोकिएको रुटका बस स्टपहरूमा हरेक २० मिनेटमा बस उपलब्ध हुने व्यवस्था गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट