Techie IT
२०८२ चैत्र २०, शुक्रबार

स्थानीय तहलाई ३ दिनभित्र दरबन्दी विवरण पठाउन निर्देशन


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई कर्मचारीको स्वीकृत दरबन्दीको एकीकृत विवरण ३ दिनभित्र पठाउन निर्देशन दिएको छ।

मन्त्रालयको संगठन विकास शाखाले जारी गरेको पत्रअनुसार सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा एकीकृत जनशक्ति प्रक्षेपण तयार गर्ने उद्देश्यले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाअन्तर्गतका निकायहरूलाई उक्त विवरण उपलब्ध गराउन भनिएको हो।

पत्रमा स्थानीय तहअन्तर्गतका सबै निकायका कर्मचारीहरूको स्वीकृत दरबन्दीको एकमुष्ट विवरण तयार गरी मन्त्रालयको इमेलमार्फत पठाउन आग्रह गरिएको छ।

निर्धारित समयसीमाभित्र विवरण नपठाए सेवा व्यवस्थापन र जनशक्ति योजना निर्माणमा समस्या आउन सक्ने मन्त्रालयले जनाएको छ। साथै, प्राप्त विवरणलाई वेबसाइटमा अपलोड गर्ने जिम्मेवारी सूचना तथा प्रविधि शाखालाई दिइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट