Techie IT
२०८३ असार १०, बुधबार

हेटौँडा उपमहानगरको दुई अर्ब ८५ करोडको बजेट सर्वसम्मतिले पारित


हेटौँडा। हेटौँडा उपमहानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरिएको वार्षिक बजेट सर्वसम्मतिले पारित गरेको छ।

बुधबार सम्पन्न अधिवेशनले हेटौँडाको समग्र विकासलाई लक्षित गर्दै रु दुई अर्ब ८५ करोड पाँच लाख बराबरको बजेटलाई स्वीकृति प्रदान गरेको हो। उपप्रमुख राजेशकुमार बानियाँले मंगलबार प्रस्तुत गरेको उक्त बजेटमा विभिन्न स्रोतबाट प्राप्त हुने आय र खर्चको विस्तृत विवरण समावेश छ।

बजेटको स्रोत र बाँडफाँट:

आन्तरिक स्रोत: रु ५७ करोड ३६ लाख ८० हजार
राजस्व बाँडफाँट: रु ९९ करोड २० लाख ४८ हजार
बागमती प्रदेश सरकारको अनुदान: रु १० करोड एक लाख ७२ हजार
संघीय सरकारको अनुदान: रु एक अर्ब १८ करोड ४६ लाख 

पारित बजेट विशेषगरी नगरको भौतिक पूर्वाधार विकासमा खर्च गरिने उपमहानगरले जनाएको छ। आज उपमहानगर प्रमुख मीना लामाले बजेटको प्रभावकारी र निष्पक्ष कार्यान्वयनमा जोड दिएको बताएकी थिइन् । उनले दुर्गम वडाहरूमा खानेपानी, सडक, विद्युतीकरण, र स्वास्थ्योपचार जस्ता आधारभूत आवश्यकतालाई प्राथमिकता दिइएको बताइन्। साथै, पर्यटन प्रवर्द्धन, उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, र किशोरी शिक्षालाई समेत बजेटले विशेष सम्बोधन गरेको उनले स्पष्ट पारिन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट