Techie IT
२०८२ असोज ६, सोमबार

भारतीय–नेपाली सहकार्यमा फिल्म ‘मोना लिसा (ब्लडी लभ)’ निर्माण हुने


भारतीय र नेपाली फिल्मकर्मीको सहकार्यमा ‘मोना लिसा (ब्लडी लभ)’ नामक फिल्म निर्माण हुने भएको छ। घटस्थापनाको अवसर पारेर निर्माण युनिटले सोमबार फिल्मको घोषणा गरेको हो।

बी एन्ड के इन्टरटेन्मेन्ट र अक्स इन्टरनेशनल स्टुडियोजको संयुक्त ब्यानरमा निर्माण हुने फिल्मको लेखन तथा निर्देशन किङ योगीले गर्नेछन्। ठुलो बजेटमा निर्माण हुने भनिएको यस फिल्ममा भारतसहित विभिन्न देशका अनुभवी प्राविधिकहरूको टोली संलग्न हुने अक्स इन्टरनेशनल स्टुडियोजले जानकारी दिएको छ।

यसअघि ठुला–ठुला अन्तर्राष्ट्रिय फिल्ममा काम गरिसकेका प्राविधिक समूह यस परियोजनामा सहभागी हुने भएकाले प्राविधिक पक्ष बलियो रहने अपेक्षा गरिएको छ।

हाल फिल्मको प्रारम्भिक तयारीसँगै कलाकार छनोटको प्रक्रिया चलिरहेको छ। कथा, शैली र भिजुअलमा नवीनता ल्याउने लक्ष्यसहित निर्माण भइरहेको यो फिल्म सन् २०२६ मा विश्वव्यापी रूपमा प्रदर्शन गर्ने योजना निर्माण युनिटको छ।

सार्वजनिक गरिएको पहिलो झलक (पोस्टर) मा फिल्मलाई ‘ब्लडी लभ’ (रगतिलो प्रेम) भन्ने ट्यागलाइन दिइएको छ, जसले रोमान्स र एक्सनको अनौठो मिश्रण रहने सङ्केत दिन्छ। प्रेमका लागि कसरी युद्धसम्मको परिस्थिति सिर्जना हुन्छ भन्ने कथालाई फिल्मले पर्दामा उतार्ने बताइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट