Techie IT
२०८२ माघ १५, बिहीबार

सोनिकाको १० वर्षअघि टुटेको प्रेम फेरि विवाहमा रूपान्तरण


‘स्टन्ट क्वीन’ को छवि बनाएकी चर्चित कार्यक्रम प्रस्तोता तथा मोडल सोनिका रोकायाले हालै इन्गेजमेन्ट गरेकी छन्। आफैंले सामाजिक सञ्जालमार्फत इन्गेजमेन्टको खबर सार्वजनिक गरे पनि उनले आफ्नो हुनेवाला श्रीमानको पहिचान भने गोप्य राखेकी छन्।

सोनिकाले मेहेन्दी र औँठी साटासाटका तस्वीरहरू पोस्ट गरेकी थिइन्। तर ती तस्वीरहरूमा दुलाहाको अनुहार नदेखाइ पुरुषको हात मात्र देखाइएको छ। त्यसपछि सामाजिक सञ्जालमा विभिन्न अड्कलबाजी सुरु भएको थियो। कतिपयले ती पुरुष पूर्वयुवराज पारस शाह हुनसक्ने अनुमानसमेत गरेका थिए। केही समयअघि सोनिका र पारसबीच निकटता देखिएको थियो भने उनीहरू लामो समयदेखि सँगै नदेखिएको बताइँदै आएको छ।

हालै दिएको एक अन्तर्वार्तामा सोनिकाले आफ्नो भावी जीवनसाथी पूर्वप्रेमी नै भएको खुलासा गरेकी हुन् । यद्यपि उनले नाम भने सार्वजनिक गरिनन्। उनका अनुसार १० वर्षअघि उनीहरूको प्रेमसम्बन्ध टुटेको थियो र आफूलाई धोका दिएका ती व्यक्तिसँगै अहिले पुनः इन्गेजमेन्ट भएको हो।

‘दश वर्षअघि हाम्रो सम्बन्ध थियो, बीचमा ब्रेक लागेको थियो। उहाँले नै मलाई छोड्नुभएको हो, करियरमा फोकस गर्नुभएको थियो,’ सोनिकाले भनिन्, ‘पछि उहाँ आफ्नो क्षेत्रमा सफल भएपछि फेरि मलाई खोज्नुभयो।’

आफूले विगतमा गरेको प्रेम सार्थक ठानेर पूर्वप्रेमी फेरि जीवनसाथी बन्न आएको उनको भनाइ छ। ‘कसैले छोड्यो भन्दैमा म त्यही पीडामा बस्दिनँ। जीवन अघि बढिरहन्छ। उहाँलाई मैले गरेको प्रेम सार्थक लाग्यो र फर्किनुभयो,’ उनले सुनाइन्।

पूर्वप्रेमीले छोडेपछि आफू मिडिया क्षेत्रमा अझ सक्रिय बनेको पनि सोनिकाले बताइन्। भावी श्रीमानको व्यक्तित्वबारे बोल्दै उनले उनलाई आत्मिक रूपमा मेल खाने, बलियो र जीवनलाई सार्थक रूपमा बाँच्न प्रेरणा दिने व्यक्ति भएको उल्लेख गरिन्।

श्रीमानको पहिचान सार्वजनिक नगर्नुको कारणबारे सोनिकाले भनिन्, ‘उहाँ मेरो लागि अमूल्य हुनुहुन्छ। मिडिया कहिलेकाहीँ निकै कठोर हुन्छ। उहाँ क्यामेरासँग खेल्ने मान्छे पनि होइन। केही कुरा निजी नै राख्नुपर्छ।’

उनका अनुसार १० वर्षपछि अचानक पुनः सम्पर्क भएको थियो र छोटो समयमै इन्गेजमेन्ट भयो। ‘केही दिनमै सबै कुरा भयो, सरप्राइजजस्तै। लामो समय कुरा पनि भएन। एकदमै म्याजिकल भयो,’ उनले बताइन्।

सोनिकाकी दिदीमार्फत दुबैको पुनः भेट भएको र पूर्वप्रेमीले विगतका गल्तीका लागि माफी माग्न चाहेको उनले खुलासा गरिन्।
‘उहाँले सरी भन्न चाहनुभएको थियो। दिदीसँग कुरा भएपछि भेट्ने निर्णय भयो,’ सोनिकाले भनिन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट