Techie IT
२०८२ जेष्ठ २८, बुधबार

मधुबाला र मीना कुमारीको अधुरो प्रेमकथा


बलिउडको चालीस र पचासको दशकमा दुई अभिनेत्री यस्ता थिए, जसले आफ्नो सौन्दर्य, अभिनय र व्यक्तित्वले भारतीय सिनेमा मात्र होइन, सम्पूर्ण विश्वको ध्यान खिचे । ती हुन् मधुबाला र मीना कुमारी—जुन युगकी कालजयी ताराहरू, जसको चमक आज पनि सिनेप्रेमीको मनमा अमिट छ ।

मधुबालाको अनुपम सौन्दर्य र मीना कुमारीको गहिरो भावनात्मक अभिनयले उनीहरूलाई बलिउडको ‘ट्रेजेडी क्वीन’ र ‘इटरनल ब्यूटी’ को रूपमा स्थापित गर्‍यो । दुबै अभिनेत्रीहरूले दर्जनौं सुपरहिट फिल्महरू दिएकी भए पनि उनीहरूको निजी जीवन भने दुःखद रह्यो ।

सौन्दर्यकी देवी, प्रेममा अधुरो
मधुबाला आफ्नो अनुपम सौन्दर्य र सरल मुस्कानका कारण सिने दर्शकको मुटुमा बस्न सफल भइन्। ‘मुगल–ए–आज़म’ लगायत थुप्रै हिट फिल्ममार्फत उनले बलिउडमा अमिट छाप छोडिन् । गायक किशोर कुमारसँग विवाह गरेकी मधुबालाको स्वास्थ्य भने कमजोर थियो । हृदय रोगका कारण उनले ३६ वर्षको उमेरमै संसारबाट बिदा लिइन् ।

तर, अभिनयभन्दा बाहिर उनको प्रेमजीवन पनि चर्चित रह्यो । भनिन्छ, उनले निर्देशक कमल अमरोहीलाई मन पराएकी थिइन्, तर कमल अमरोही त्यसबेला विवाहित थिए । जब मधुबालाले तेस्रो श्रीमती बन्ने इच्छा देखाइन्, त्यो कुरा मीना कुमारीलाई चित्त बुझेन । यही कारणले ती दुई अभिनेत्रीकाबीचको मित्रता प्रतिस्पर्धामा बदलिएको थियो ।

ट्रेजेडी क्वीनको पीडा
मीना कुमारी ‘पाकीजा’, ‘साहिब बीबी और गुलाम’ जस्ता कालजयी फिल्मबाट चिनिन्छिन् । अभिनयमा भावनात्मक गहिराई दिन सक्ने उनको क्षमता अद्वितीय थियो । उनले पनि निर्देशक कमल अमरोहीसँग प्रेम विवाह गरिन्, तर वैवाहिक सम्बन्ध सुखद रहेन । मीना कुमारीको जीवनमा प्रेमको अभाव र पीडाले गहिरो असर पार्‍यो । उनको देहान्त ३९ वर्षको उमेरमा भयो ।

मधुबाला र मीना कुमारी दुवै बलिउडका दुर्लभ र अमूल्य हिरा थिए । उनीहरूको जीवनमा माया अधुरो रह्यो, तर अभिनयले उनीहरूलाई कालजयी बनाइरह्यो । सानै उमेरमा मृत्यु भए पनि आज पनि उनीहरूका फिल्महरू हेर्दा दर्शक भावुक हुन्छन् ।

दर्शकका नजरमा यी अभिनेत्रीहरू कहिल्यै नझर्ने तारा हुन् । जसले भारतीय सिनेमालाई सौन्दर्य र सम्वेदना दुबैको उच्चतम शिखरमा पु-याए। उनीहरू अब नहुन सक्छन्, तर उनीहरूको प्रभाव, स्मृति र योगदान सधैं जीवित रहनेछ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट