Techie IT
२०८३ भाद्र १६, मंगलबार

ज्यान मार्ने उद्योगमा फरार दुई व्यक्ति पक्राउ


File Photo

काठमाण्डौं, असोज २४,

काठमाडौँमा ज्यान मार्ने उद्योगमा संलग्न रहेका फरार व्यक्तिहरूलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा काभ्रेको तेमालका ३० वर्षीय टासी लामा उर्फ संजिव तामाङ, जो हाल भक्तपुरको च्यामासिंहमा बसोबास गर्दै आएका थिए, र रसुवा नौकुण्ड गाउँपालिकाका ४१ वर्षीय मिलन उर्फ दिल बहादुर गङदान रहेका छन् । दिलबहादुर हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा बस्दै आएका थिए।

जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार यी व्यक्तिहरूले गोकर्णेश्वर नगरपालिका-८, बेशीगाउँस्थित सडकमा ४६ वर्षीय पुण्य राज गौतममाथि रडले आक्रमण गरेका थिए र त्यसपछि फरार भएका थिए। घटनाको सूचना प्राप्त भएपछि काठमाडौँको प्रहरी परिसर र प्रहरी वृत्त बौद्धको संयुक्त टोलीले उनीहरूको खोजी कार्य तीव्र पारेको थियो।

उनीहरूलाई गंगाहिटीबाट पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा राखिएको परिसरका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए। घाइते गौतमको उपचार नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट