Techie IT
२०८२ भाद्र ३०, सोमबार

अवैध लागूऔषध सहित चार जना पक्राउ


काठमाडौं, २९ असोजः आज दिउँसो सम्म नेपाल प्रहरीले देशको विभिन्न ठाउँबाट अवैध लागूऔषध सहित चार जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रिय कार्यालय अनुसार झापा र कैलाली बाट अभियुक्तहरुलाई पक्राउ गरिएको हो ।

झापा, भद्रपुर नगरपालिका-५ बसपार्कस्थित न्यू बान्तवा होटलबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब ५२ ग्राम २ सय ९० मिलिग्रामसहित भारत बिहार किसानगंज ठाकुरगंज पंचायत उर्दु कोलोनी-८ बस्ने ३८ वर्षीय जमकोद खान र निजको छोरा १७ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कैलाली, गोदावरी नगरपालिका-१ भरतपुरबाट अवैध लागूऔषध चरेश ५ सय ४५ ग्राम सहित सोही ठाउँ बस्ने ५९ वर्षीय सहदेव भण्डारीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-७ मनेहराबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय प्रकाश रानालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय  कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट