Techie IT
२०८२ भाद्र ३०, सोमबार

भोजपुरमा कात्तिक ३ देखि हतुवागढी महोत्सव हुने


RSS

भोजपुर, स्थानीय जात जातिको संस्कार र संस्कृतिकोप्रचार प्रसारका साथै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कात्तिक ३ देखि १७ गतेसम्म बृहत् हतुवागढी महोत्सव हुने भएको छ ।     
    
हतुवागढी गाउँपालिका तथा जिल्ला उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने महोत्सवका लागि गाउँपालिकाले रु तीस लाख बजेट विनियोजन गरिएको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिनुभयो ।     
    
महोत्सवका क्रममा एक सय ५३ मिटर उचाइमा रहेको जिल्लाको सबैभन्दा होचोस्थल माइबेँनीबाट एक हजार आठ सय ६५ मिटर उचाइ रहेको सङखाम जोरआहाल हुँदै घोडेटार बजारसम्म २६ किलोमिटर दौड प्रतियोगिता हुनेछ ।     
    
कृषिका साथै मारुनी, स्यामुना सिली, लाखे, हुर्रा, डम्फु नाच र वाद्यवादन यन्त्रको प्रदर्शनी हुने जानकारी अध्यक्ष राईले दिनुभयो ।   



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट