Techie IT
२०८३ असार ३१, बुधबार

‘ट्रायल पास’ गरेपछि अब ‘लाइसेन्स कार्ड’ आवश्यक पर्दैनः प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले सवारी चालक अनुमतिका लागि ‘ट्रायल पास’ गरेपछि ‘लाइसेन्स कार्ड’ आवश्यक नपर्ने व्यवस्था गरिएको बताउनुभएको छ ।    
    
सामाजिक सञ्जाल फेसबुकमा आज उहाँले नागरिक ‘एप’मार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा चालक अनुमतिपत्र उपलब्ध हुने उल्लेख गर्नुभएको छ । सवारी नियम उल्लङ्घनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै ‘डिजिटल पेमेन्ट’ गर्ने व्यवस्था पनि सरकारले गरेको उहाँले जानकारी दिनुभयो ।

“यसले सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको छ भने सवारी नियम उल्लङ्घनमा जरिवाना तिर्दा हुने झन्झट हटेको छ, कात्तिक ४ गते आइतबारदेखि बागमती प्रदेश यातायात व्यवस्था कार्यालयबाट परीक्षणका रूपमा यो व्यवस्था सुरु हुनेछ”, सन्देशमा प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।     
    
यसैगरी उहाँले सरकारले नागरिक एपमा अरू सेवा पनि थप्ने तयारी गरेको उल्लेख गर्नुभयो । कुनै पनि कामका लागि लाइनमा बस्नुपर्ने समस्याबाट मुक्त गर्ने तयारीमा सरकार लागेको भन्नुहुँदै प्रधानमन्त्री ओलीले नागरिकलाई छिटो सेवा प्रवाहमा यसबाट सहयोग पुग्ने आशा व्यक्त गर्नुभयो ।    

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट