Techie IT
२०८२ चैत्र ५, बिहीबार

असारको बाढीले कञ्चनपुरमा १ अर्ब ५० करोडको क्षति


असार तेस्रो साताको बाढीले कञ्चनपुरमा एक अर्ब ५० करोड रुपैयाँको क्षति पुर्‍याएको छ। यसमा भौतिक पूर्वाधार, कृषि बाली, उद्योग, र पशुधनमा क्षति समावेश छ। बाढीबाट चारजनाको मृत्यु भएको थियो । असार २३ र २४ गते भीषण वर्षा भएको थियो, जसलाई मौसमविद्को टोलीले ‘क्लाउड ब्रस्ट’ को कारण मुसलधारे वर्षा भएको निष्कर्ष निकालेको थियो । 

 बाढीबाट कृषि क्षेत्रमा ६५ करोड ४० लाख, महाकाली सिँचाइ व्यवस्थापन कार्यालयमा २९ करोड २२ लाख, महाकाली सिँचाइ तेस्रो चरण कार्यालयमा दुई करोड ३२ लाख, सडक डिभिजन कार्यालयमा तीन करोड ८८ लाख, र पूर्वाधार विकास कार्यालयमा सात करोड १९ लाख बराबरको क्षति भएको छ । यस बाढीका कारण कञ्चनपुरमा चारजनाको मृत्यु भएको थियो। मौसमविद्को टोलीले यसलाई ‘क्लाउड ब्रस्ट’का कारण भएको मुसलधारे वर्षा भनेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट