Techie IT
२०८२ चैत्र ६, शुक्रबार

कम्पनी सञ्चालकलाई बम विस्फोटको धम्की दिने आकाश पक्राउ


काठमाडौं – काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-८ मा रहेको एक कपडा उद्योगका कर्मचारी आकाश तामाङलाई आफ्नै कम्पनीका सञ्चालकलाई धम्की दिएर रकम असुली गर्ने प्रयासको आरोपमा प्रहरीले पक्राउ गरेको छ। ३२ वर्षीय तामाङ सिन्धुपाल्चोक जिल्लाको ज्यामिरे गाउँका हुन्। उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो।

धम्कीपूर्ण म्यासेज
तामाङले आफ्नो कार्यरत कम्पनी “सिसुवान याङ टेक्सटायल प्रालि” का म्यानेजर मिङवुती शेर्पालाई बारम्बार दुई लाख रुपैयाँ चन्दा माग्ने धम्कीपूर्ण म्यासेज पठाएका थिए। उक्त कम्पनी एक चिनियाँ नागरिक द्वारा सञ्चालित कपडा उद्योग हो, जहाँ तामाङले नियमित रूपमा काम गर्थे। उनले म्यासेजमा चन्दा नदिए बम विस्फोट गराउने धम्की दिएका थिए, जसले उद्योगमा त्रास फैलिएको थियो।

अनुसन्धान र पक्राउ
म्यासेजहरू अज्ञात नम्बरबाट पठाइरहेका थिए । यसबारे कम्पनीको म्यानेजरले प्रहरीमा उजुरी दिएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी रोशन खड्काको टोलीले अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानको क्रममा म्यासेज पठाउने व्यक्ति तामाङ नै भएको खुलेपछि उनलाई सोमबार कम्पनी परिसर बाटै पक्राउ गरिएको हो।

पक्राउपछि तामाङलाई थप अनुसन्धानका लागि प्रहरी परिसर काठमाडौं पठाइएको छ। उनलाई आपराधिक लाभ को कसुरमा मुद्दा चलाउने तयारी भइरहेको छ। प्रहरीका अनुसार, तामाङले रकम असुलीका लागि यस्तो गैरकानुनी कार्य गरेका हुन् ।  उनी अपराधमा संगठित रहेको हुन सक्ने आशंका छ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट