Techie IT
२०८२ मंसिर २, मंगलबार

टर्कीको एयरोस्पेस र डिफेन्स कम्पनीमा आतङ्ककारी आक्रमण, ४ जनाको मृत्यु र १४ घाइते


PhotoAP/IHA

राजधानी अंकाराबाट करिब ४० किलोमिटर टाढा रहेको काहरामानकाजान स्थित टर्कीको प्रतिष्ठित एयरोस्पेस र डिफेन्स कम्पनी, टुसास (Turkish Aerospace Industries - TAI) मा आतङ्ककारी आक्रमण भएको छ।

आक्रमणमा अहिलेसम्म ४ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। कम्पनीमा करिब १५ हजार मानिस कार्यरत छन्, र यस क्षेत्रलाई टर्कीको सुरक्षात्मक र प्राविधिक विकासको प्रमुख केन्द्र मानिन्छ।

स्थानीय समय अनुसार बिहानको समयमा तीन जना आक्रमणकारीहरू ट्याक्सीमा सवार भएर कम्पनी परिसरमा प्रवेश गरेको अनुमान छ । सार्वजनिक सिसिटिभी फुटेजमा देखिएको अनुसार उनीहरू त्यहाँ पुग्नासाथ पहिले बम विष्फोट गराए र त्यसपछि अन्धाधुन्ध गोली चलाउन थाले। स्थानीय मिडियाका अनुसार ती आक्रमणकारीहरूमा एक महिला पनि थिइन्, जो आत्मघाती हमलावर थिइन् र उनले आफूलाई बम विष्फोट गरेर उडाइन्। बाँकी दुई आक्रमणकारीले गोली चलाउँदै मानिसहरूलाई लक्षित गरे।

आक्रमणपछि तत्कालै सुरक्षाबल र आपतकालीन सेवाहरू घटनास्थलमा पुगेका थिए । घाइतेहरू लाई छिटोभन्दा छिटो नजिकका अस्पतालहरूमा पुर्‍याइयो। घटनास्थलमा अहिले पनि सुरक्षा बलहरूको तैनाथी गरिएको छ र स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको छ। स्थानीय रिपोर्टहरू अनुसार बम विष्फोटले ठूलो क्षति पुर्‍याएको छ, र केही मानिसहरूको अवस्था गम्भीर रहेको बताइएको छ।

संभावित संलग्नता
यस आक्रमणको जिम्मेवारी अहिले सम्म कसैले लिएको छैन, तर कुर्दिस्तान वर्कर्स पार्टी (PKK) को संलग्नता रहेको आशंका गरिएको छ। पीकेके, जुन सन् १९७८ मा अब्दुल्ला ओकलानद्वारा स्थापना गरिएको थियो, लामो समयदेखि टर्की सरकारसँग लड्दै आएको छ। यस संगठनले यसअघि पनि टर्कीमा धेरै आतङ्कवादी आक्रमणहरू गरिसकेको छ। स्थानीय मिडियाका अनुसार यस हमलामा पनि पीकेकेको हात रहेको अनुमान गरिएको छ।

टर्की सरकारका उच्च अधिकारीहरूले यस घटनाको निन्दा गरेका छन्।  "यो आक्रमण टर्कीको सुरक्षामा आघात पुर्‍याउने प्रयास हो, तर हामी यसलाई कुनै पनि हालतमा सफल हुन दिनेछैनौं। आतङ्कवादविरुद्ध हाम्रो संघर्ष अझ कडा हुनेछ - सुरक्षा मन्त्रीले भने," 

प्रधानमन्त्रीले पनि मृतक प्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

यो आक्रमणपछि टर्कीभर सुरक्षा सतर्कता बढाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट