Techie IT
२०८२ मंसिर २, मंगलबार

गुटेरेसको युक्रेन भ्रमण अस्वीकार


File Photo

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको युक्रेन भ्रमणलाई अस्वीकार गरेका छन्। जेलेन्स्कीको यो निर्णय गुटेरेसले रुसको कजान शहरमा आयोजित ब्रिक्स शिखर सम्मेलनमा सहभागिता जनाएपछि आएको हो।

गुटेरेसले कजानमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्दै युक्रेनमा जारी द्वन्द्व अन्त्यका लागि ‘न्यायपूर्ण शान्ति’ को माग गरेका थिए। तथापि, गुटेरेसको यस सहभागिताले किएभमा असन्तोष उत्पन्न गराएको छ, विशेष गरी चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विश्वका नेताहरूको उपस्थितिमा गुटेरेसको सहभागिता प्रति असन्तुष्टि जनाइएको हो।

राष्ट्रपति कार्यालयका स्रोतका अनुसार, "गुटेरेसले कजानको शिखर सम्मेलनपछि युक्रेन भ्रमणको इच्छा व्यक्त गरे पनि राष्ट्रपति जेलेन्स्कीले सो भ्रमणलाई पुष्टि गरेनन् ।"

गुटेरेसको भ्रमणलाई अस्वीकार गर्ने निर्णयमा युक्रेनी विदेश मन्त्रालयले पनि समर्थन गरेको छ। मन्त्रालयले गुटेरेसले जुनमा स्विट्जरल्यान्डमा आयोजित युक्रेनी शान्ति शिखर सम्मेलनमा अनुपस्थित रहेर कजानमा सहभागी भएको निर्णयलाई ‘गलत’ ठहर गरेको छ। मन्त्रालयले यसलाई संयुक्त राष्ट्रसङ्घको प्रतिष्ठामा क्षति पुग्ने कार्य भएको बताएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट