Techie IT
२०८२ भाद्र २८, शनिबार

म्याग्दीका छ सय घरमा विद्युत् सुविधा विस्तार


म्याग्दीको मालिका गाउँपालिकाका छ सयभन्दा बढी घरधुरीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार गरिएको छ। नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ का विभिन्न स्थानहरूमा विद्युतीकरण कार्यक्रमअन्तर्गत बत्ती बाल्न सफल भएको हो।

नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका सूचना अधिकारी प्रकाश झाका अनुसार, मालिका–२ को रुम, बेली, जेम, घ्याङ्लेपानी र मालिका–३ को खतेन, लुप्सीपार, पात्ले, मालिका–४ ओखरबोट लगायतका गाउँमा विद्युत् सुविधा पुर्याइएको छ। यस परियोजनामा कुल रु २२ करोडको बजेट छुट्याइएको थियो।

स्थानीयले पहिले उज्यालोका लागि लघुजलविद्युत् परियोजनाको सहारा लिनु परेकोमा अब केन्द्रीय प्रसारणको बिजुलीले घरायसी कामकाज, विद्यालयका कम्प्युटर कक्षाहरू सञ्चालन र सार्वजनिक सेवा प्रवाहमा सहजता ल्याएको बताइएको छ।

विद्युत् सुविधा विस्तारका लागि ४७.६ किलोमिटर मुख्य लाइन, एक सय २६ किलोमिटर शाखा लाइन विस्तार, र २० वटा ट्रान्सफर्मर जडान गर्न रु तीन करोड ५४ लाखमा ठेक्का सम्झौता भएको थियो।

यो सुविधासँगै म्याग्दीका ११ स्थानमा १४ सय ३८ उपभोक्ता थपिएका छन्, जसले स्थानीयलाई आधुनिक सेवा र सुविधा प्रयोग गर्न टेवा पुग्ने विश्वास गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट