सुनको मूल्यमा नयाँ ‘रेकर्ड’
नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्डकायम गरेको छ।
नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्डकायम गरेको छ। नेपाल सुनचाँदीव्यवसायी महासंघका अनुसार, आज छापावाल सुनकोमूल्य प्रतितोला १४ सय रुपैयाँलेबढेर एक लाख ६७हजार चारसय रुपैयाँमा कारोबार भइरहेको छ। यो अहिलेसम्मकैउच्च मूल्य हो।
गत शुक्रबार छापावाल सुनको मूल्य एक लाख ६६हजार रुपैयाँमा कारोबार भएको थियो। यसअघिकात्तिक ७ गते सुनकोमूल्य एक लाख ६६हजार ७०० रुपैयाँमा कारोबारगरेर नयाँ रेकर्ड कायमभएको थियो।
यसैगरी, आज चाँदीको मूल्यपनि १५ रुपैयाँले वृद्धिभएको छ। अहिले चाँदीकोमूल्य प्रतितोला दुई हजार ८५रुपैयाँमा कारोबार भइरहेको छ, जबकि गतशुक्रबार चाँदी दुई हजार ७०रुपैयाँमा कारोबार भएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस