Techie IT
२०८३ असार २९, सोमबार

अमेरिकासँगको पहिलो खेलमा नेपाल पराजित

नेपालले आइसिसी क्रिकेटविश्वकप लिग-२ अन्तर्गतअमेरिकाविरुद्धको पहिलो खेलमा हार सामना गर्यो।सन्दीप लामिछानेको बलिंगले प्रभाव नपारेपछि नेपालले अमेरिकासँगको खेल ३ विकेटलेगुमाएको हो।


नेपालले आइसिसी  क्रिकेटविश्वकप लिग-२ अन्तर्गतअमेरिकाविरुद्धको पहिलो खेलमा हार सामना गर्यो।सन्दीप लामिछानेको बलिंगले प्रभाव नपारेपछि नेपालले अमेरिकासँगको खेल ३ विकेटलेगुमाएको हो। सन्दीपले ९ओभरमा विकेट लिन असफल भए।

टस हारेर ब्याटिङ गर्न पाएको नेपालले२८७ रनको लक्ष्य अमेरिकालाईदिएको थियो, जुन अमेरिका ४९.४ ओभरमा २९१रन बनाउँदै पूरा गर्यो। अमेरिकाकोजितमा शायन जहाँगीरले शतकप्रहार गर्दै ९७ बलमा १०४रन बनाएका छन्। मोनाङक पट्टेलर हरमित सिंहले पनि अर्धशतक थपेकाथिए।

नेपालका लागि कुशल भुर्तेलले६ ओभरमा २३ रन खर्चेर४ विकेट लिए, जबकि सोमपालकामीले २ विकेट लिएकाछन्। ललित राजवंशीले १विकेट हात पारे।

नेपालका कप्तान रोहित पौडेलले ९६ रनको उत्कृष्टपारी खेल्दै ७५ बलमा ८चौका र ३ छक्काहिर्काए। ओपनरद्वय अनिल शाह रआशिफ शेखले पनि क्रमशः ५६र ५२ रन बनाए, तर अन्य ब्याट्सम्यानहरूले उल्लेख्य योगदानगर्न सकेनन्।

यो हारसँगै नेपालले लिग-२ मा९ खेलमा ७ हारको सामनागरेको छ, जबकि अमेरिका१० खेलमा ७ जित निकाल्नसफल भएको छ। नेपालतालिकाको सातौं स्थानमा ३ अंकसहित छ, जबकि अमेरिका १४ अंकसहित दोस्रोस्थानमा रहेको छ।

लिग-२ मा नेपालसहितक्यानडा, अमेरिका, नेदरल्याण्डस्, स्कटल्याण्ड, नामिबिया, ओमान र युनाइटेडअरब इमिरेट्स (युएई) सहभागी छन्। नेपालले आफ्नोदोस्रो खेल कात्तिक १३गते स्कटल्यान्डविरुद्ध, तेस्रो खेल कात्तिक १७गते अमेरिकासँग र चौथो खेलकात्तिक १९ गते स्कटल्यान्डसँगखेल्नेछ। नेपालले अमेरिका र स्कटल्यान्डसँग २-२ खेल खेल्नलागेको हो।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट