Techie IT
२०८३ जेष्ठ १२, मंगलबार

तीन महिनामा २२ करोड ८१ लाख राजस्व सङ्कलन

यातायात व्यवस्था कार्यालय हेटौँडा, मकवानपुरले चालु आर्थिक वर्ष२०८१–८२ को पहिलोतीन महिनामा २२ करोड ८१लाख ४७ हजार ८०२रुपैयाँभन्दा बढी राजस्व सङ्कलनगरेको छ।


यातायात व्यवस्था कार्यालय हेटौँडा, मकवानपुरले चालु आर्थिक वर्ष२०८१–८२ को पहिलोतीन महिनामा २२ करोड ८१लाख ४७ हजार ८०२रुपैयाँभन्दा बढी राजस्व सङ्कलनगरेको छ। कार्यालय प्रमुखप्रवीण श्रेष्ठका अनुसार, यो रकम नयाँसवारी दर्ता, नवीकरण, र सवारी चालकअनुमतिपत्र वितरणबाट प्राप्त भएको हो।

चालु आवको तीन महिनामासवारी करबाट २ करोड ७४लाख ६४ हजार ९५१, सवारी चालक अनुमतिपत्रबाट ७करोड ५८ लाख ७२हजार ४८, यातायात क्षेत्रकोआम्दानीबाट १२ करोड ४८लाख २ हजार ५५३, र बेरुजुबाट ८ हजार २५०रुपैयाँ सङ्कलन भएको छ।

यस अवधिमा ५७३ मोटरसाइकल, ३३२साना सवारी, २४८ टेम्पो/ई-रिक्सा, १५८ ठूला रमझौला सवारी, र १ ट्र्याक्टरदर्ता भएको छ। साथै, १,१९६ नयाँ र८५९ वर्ग थप गरेर२,०५५ जनालाई सवारीचालक अनुमतिपत्र वितरण गरिएको जानकारी छ।

अघिल्लो आर्थिक वर्ष २०८०–८१मा कार्यालयले ५६ करोड ७लाख १७ हजार राजस्वसङ्कलन गरेको थियो र ४,३९९ सवारी साधनदर्ता गरेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट