Techie IT
२०८२ वैशाख २८, आइतबार

अवैध लागूऔषध सहित ७ जना पक्राउ


विभिन्न जिल्लाहरूमा आइतबार प्रहरीले अवैध लागूऔषधसहित ७ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूमा दाङ, मोरङ, सुनसरी, कैलाली, मकवानपुर, र कञ्चनपुरका विभिन्न व्यक्तिहरू छन्।

दाङको तुलसीपुरमा तिल कुमारी बिश्वकर्मालाई ट्रामाडोलका २६९० ट्याब्लेटसहित पक्राउ गरिएको छ। यस्तै, मोरङको विराटनगरमा संखुवासभाका सन्तोष शेर्पालाई खैरो हेरोइन र नाइट्राजेपामसहित पक्राउ गरिएको छ।

सुनसरीको धरानमा बुद्धराज लिम्बु र महाप्रसाद लिम्बुलाई २० किलोग्राम गाँजासहित पक्राउ गरियो भने कैलालीमा विजय साउँद ब्राउनसुगरसहित पक्राउ परेका छन्। मकवानपुरको मनहरीमा भक्त बहादुर राईलाई ४१ किलोग्राम गाँजासहित र कञ्चनपुरमा १७ वर्षीय किशोरलाई ब्राउन सुगरसहित पक्राउ गरिएको छ ।

प्रहरीले पक्राउ परेकाहरू विरुद्ध आवश्यक अनुसन्धान गरिरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट