Techie IT
२०८२ माघ १८, आइतबार

अर्घाखाँचीको सन्धिखर्कमा देउरालीको प्रसाद खाँदा २५ जना बिरामी


सन्धिखर्क नगरपालिका वार्ड नं. १ तारामार्गका निवासी दीपक केसीको घरमा आइतबार देउराली पुजाको प्रसाद खाएका ती २५ जनामा बिरामी पर्ने जानकारी जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले दिएका छन्।

बिरामीहरूमा झाडापखाला, बान्ता, ज्वरो, र शरीर दुख्ने लक्षण देखिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारीले जानकारी दिए। उनीहरूको अवस्था सामान्य रहेको र उपचारका लागि उनीहरू दिउँसो अर्घाखाँची अस्पताल पुगेका थिए। डाक्टर तिवारीका अनुसार, 'फुड पोइजन' का कारण बिरामी परेको देखिन्छ।

बिरामीहरूमध्ये २० जनाको अर्घाखाँची अस्पताल सन्धिखर्कमा, ४ जनाको ओमपोलि क्लिनिकमा, र १ जनाको अर्घाखाँची हस्पिटल प्रालिमा उपचार भइरहेको छ।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट