Techie IT
२०८२ भाद्र २९, आइतबार

रेड पान्डाको छालासहित पक्राउ

काठमाडौँ महानगरपालिका–२६ गोङ्गबु मित्रनगरको सडकबाट प्रहरीले वन्यजन्तु रेड पाण्डाको छालासहित एक व्यक्तिलाई पक्राउ गरेको छ।


File Photo

काठमाडौँ महानगरपालिका–२६ गोङ्गबु मित्रनगरको सडकबाट प्रहरीले वन्यजन्तु रेड पाण्डाको छालासहित एक व्यक्तिलाई पक्राउ गरेको छ।
पक्राउ परेका ४५ वर्षीय तारा थापा बाग्लुङको वरेङ गाउँपालिका–३ का निवासी हुन् र काठमाडौँको स्वयम्भूमा बसोवास गर्दै आएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले यसबारे जानकारी दिए।
 

उहाँले बताए, "प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको टोलीले उनलाई दुईवटा रेड पाण्डाको छालासहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गर्दैछ, जिल्ला प्रहरी परिसरले जनाएको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट