प्रशिक्षक तामाङद्वारा अमिशा कार्कीको प्रतिस्थापनलाई गल्ती स्वीकार
साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँगको खेलमा नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले अमिशा कार्कीलाई प्रतिस्थापन गर्नु गल्ती भएको स्वीकार गरेका छन्। खेलको ५२औं मिनेटमा नेपालका लागि बराबरी गोल फर्काएकी अमिशालाई ७७औं मिनेटमा प्रतिस्थापन गरी अनिता बस्नेतलाई मैदानमा उतारिएको थियो।
८१औं मिनेटमा नेपालले गोल खाँदै उपाधि गुमाएको थियो। खेलपछि प्रशिक्षक तामाङले रेखा पौडेलको अनुपस्थिति र अमिशाको प्रतिस्थापनले टिमलाई असर परेको बताउँदै, "रेखा नहुँदा टिमलाई गाह्रो भयो, र हामीले गरेको ट्राइ सफल भएन," भन्ने धारणा व्यक्त गरे।



तपाईको प्रतिक्रिया दिनुहोस