Techie IT
२०८३ जेष्ठ ३, आइतबार

अन्नपूर्ण प्रथम आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक


म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा यस वर्ष हालसम्मकै धेरै पर्यटकले भ्रमण गरेका छन्। 

दसैँ–तिहारको बिदालाई सदुपयोग गर्दै करिब तीन हजार आन्तरिक तथा बाह्य पर्यटकले आधार शिविरको भ्रमण गरेका हुन्। पदमार्गका अभियन्ता तेज गुरुङका अनुसार बुधबारमात्रै शिविरमा करिब ३०० आन्तरिक तथा विदेशी पर्यटक पुगेका थिए।

सन् १९५० मा पहिलोपटक फ्रान्सेली आरोही मौरिस हर्जोगले अन्नपूर्ण प्रथमको आरोहण गरेपछि इतिहास बनेको यो पदमार्गलाई हर्जोगकै सम्मानमा ‘मौरिस हर्जोग’ नाम दिइएको छ। मनमोहक पञ्चकुण्ड ताल, झरना र जैविक विविधताले भरिपूर्ण भूगोल यस मार्गका मुख्य आकर्षण हुन्।

अन्नपूर्ण गाउँपालिकाले आधार शिविर र भुसकेट मेलामा लज बनाउने तथा सामुदायिक लजको व्यवस्था गर्न एकीकृत गुरुयोजना तयार गरेको छ। गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले तिहारपछि संघीय सरकारसँग सामुदायिक लज निर्माणको निर्णय गराउन पहल गर्ने जानकारी दिएका छन् । 

हाल हुमखोला क्षेत्रसम्म सडक सुविधा भए पनि हुमखोला देखि आधार शिविरसम्म होटलको सुविधा नहुँदा पर्यटकहरूले खानाबासको व्यवस्था आफैँ गर्नुपर्ने बाध्यता रहेको छ।

गाउँपालिकाले पर्यटकको सहजता र पर्यटन प्रवर्द्धनका लागि पदमार्गलाई स्तरोन्नति गर्दै खानेपानी, सञ्चार लगायतका सुविधाको पहुँच विस्तार गर्दै जाने योजना अघि सारेको छ। 

 

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट