रुकुमपूर्वमा अवैध हतियारमा वृद्धि
जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले गोप्य सूचनाको आधारमा दुई वर्षको अवधिमा २ सय ४६ नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ। आर्थिक वर्ष २०७९/०८० मा १ सय ३५ नाल र आर्थिक वर्ष २०८०/०८१ मा १ सय ११ नाल बन्दुक बरामद गरिएको छ।
प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार, भूमे गाउँपालिकाबाट सबैभन्दा बढी १ सय १० नाल बन्दुक बरामद गरिएको छ। पुथाउत्तरगंगा गाउँपालिकाबाट भने दुई वर्षमा जम्मा ६२ नाल बन्दुक बरामद भएको छ । बरामद गरिएका बन्दुकमध्ये १ सय ७७ नाल प्रयोगमा रहेका थिए भने ६९ नाल प्रयोगविहीन थिए ।
प्रहरीको अनुसार, गत आर्थिक वर्षमा भूमे र सिस्ने गाउँपालिकाबाट दुई नाल सानो हतियार पनि बरामद गरिएको थियो । जिल्ला प्रहरी कार्यालयले अवैध हतियारको फेला पर्ने क्रम बढिरहेको बताएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस