Techie IT
२०८३ जेष्ठ ११, सोमबार

युक्रेनमा विजय नहुँदासम्म रूसको साथमा रहने उत्तर कोरियाको प्रतिवद्धता


युक्रेनमा रूसको विजय नहुँदासम्म आफूहरू रूसको साथमा रहने घोषणा उत्तर कोरियाका विदेशमन्त्री चो सोन हुईले मस्कोमा गरेका छन्। अमेरिकाले आगामी दिनमा युक्रेन द्वन्द्वमा उत्तर कोरियाका हजारौं सैनिक सहभागी हुन सक्ने चेतावनी दिइसकेको छ।

अमेरिका र दक्षिण कोरियाले हाल रूसमा दश हजार उत्तर कोरियाली सैनिक प्रशिक्षण लिइरहेको र युद्धमा रूसको पक्षमा सहभागी हुने संभावना रहेको बताएका छन्। वासिङ्टन र सियोलले उत्तर कोरियालाई सेना फिर्ता लिन चेतावनी दिएका छन् भने केही सैनिक कुर्स्क सीमामा पुगेको अमेरिकी गुप्तचरले जानकारी दिएको छ।

मस्कोमा रूसी विदेशमन्त्री सर्गेइ लाभ्रोभसँगको वार्तापछि विदेशमन्त्री चो सोन हुईले “विजय नहुँदासम्म रूसको साथमा दृढतापूर्वक उभिने” प्रतिबद्धता व्यक्त गरे। उनले उत्तर कोरियाले राष्ट्रपति भ्लादिमिर पुटिनको नेतृत्वमा पूर्ण विश्वास रहेको र प्योङयाङसँग आपसी सहयोग सम्झौतामा हस्ताक्षर गरी सम्बन्ध सुदृढ बनाएको बताए।

चोले उत्तर कोरियाले आणविक हतियारको विकास जारी राख्ने प्रतिवद्धता दोहोर्याउँदै, सैन्य सहयोगको बदलामा रूसबाट आणविक प्रविधि चाहेको आशङ्का गरिएको उल्लेख गरे। रूसी विदेशमन्त्री लाभ्रोभले दुई देशका “सेना र विशेष सेवाहरू” बीचको निकट सम्बन्धप्रति प्रशंसा व्यक्त गर्दै युक्रेन द्वन्द्वमा उत्तर कोरियाको सहयोगप्रति कृतज्ञता व्यक्त गरे।

फेब्रुअरी २०२२ मा सुरु भएको रूस-युक्रेन द्वन्द्वपछि रूसको पश्चिमसँगको सम्बन्ध टुट्दै गएको छ, र उत्तर कोरिया तथा इरानजस्ता राष्ट्र रूसका समर्थकका रूपमा देखा परेका छन्। लाभ्रोभका अनुसार, पुटिनको प्योङयाङ भ्रमणले दुई देशको सम्बन्धलाई नयाँ चरणमा प्रवेश गराएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट