Techie IT
२०८३ वैशाख १९, शनिबार

नेपालको निराशाजनक प्रदर्शन: श्रीलंकासँग ४० रनको हार


नेपाल २०औं हङकङ सिक्सेस प्रतियोगितामा श्रीलंकासँग पराजित भएको छ। शनिबार दिउँसो भएको खेलमा, १ सय २४ रनको विजय लक्ष्य पछ्याउँदै नेपाल ५ ओभरमा ८३ रनमा समेटिएर ४० रनले हार स्वीकार्न बाध्य भएको हो।

नेपालका लागि रसिद खानले ५५ रन बनाएका थिए, जबकि नारायण जीसीले १३ रनको योगदान दिए। अन्य कुनै पनि ब्याटर दोहोरो अंकमा पुग्न सकेनन्।

टस जितेर फिल्डिङको निर्णय गरेका नेपालका सबै बलर श्रीलंकासामु प्रभावहीन देखिए। प्रतिश जीसी बाहेक, अन्य सबै बलर महँगो साबित भए।

६ ओभरको प्रतियोगितामा श्रीलंकाले २ विकेटको नोक्सानीमा १ सय २३ रन बनायो। श्रीलंकाका लागि सन्दुन विराक्कोडीले ५०, कप्तान निहुरु मधुशंकाले अविजित ३१ र लाहिरु समाराकुनले २२ रनको योगदान गरे।

नेपालका लागि प्रतीश जीसी र नारायण जोशीले १/१ विकेट लिए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट