मौसम अपडेट: सोमबार देशभरका केही स्थानमा हल्का वर्षा
सोमबार देशभरका केही स्थानमा हल्कावर्षा हुने सम्भावना रहेकोछ।
सोमबार देशभरका केही स्थानमा हल्कावर्षा हुने सम्भावना रहेकोछ। पश्चिमी वायु, स्थानीय वायु र बंगलादेशतथा भारतको मनिपुर क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभावले यो वर्षा हुनेसंकेत गरेको छ।
वर्तमानमा, देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छर केही स्थानहरूमा हल्कावर्षा भइरहेको छ। अन्य स्थानहरूमामौसम सामान्यतया सफा रहेको छ।
सोमबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशकापहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहन्छ, जबकिबाँकी भूभागमा मौसम मुख्यतया सफारहनेछ।
बागमती र गण्डकी प्रदेशकापहाडी भूभागका केही स्थानहरूमा, साथैतराईका एक-दुई स्थानमामेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाकोसम्भावना रहेको छ। उच्च पहाडीर हिमाली भूभागका थोरै स्थानहरूमा हल्काहिमपात पनि हुनसक्छ, मौसमपूर्वानुमान महाशाखाले जनाएको छ।
आज राति पनि बागमतीर गण्डकी प्रदेशसहितका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कोशी र बागमतीप्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखिमध्यम वर्षाको सम्भावना छ।
आगामी २४ घण्टामा बागमतीर गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा, बाँकीपहाडी भूभागका थोरै स्थानहरूमा रतराईका एक-दुई स्थानमामेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाहुनसक्छ।
देशका उच्च पहाडी रहिमाली भूभागका थोरै स्थानहरूमा हल्काहिमपातको सम्भावना रहेको छ, जसले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक र हवाईयातायातमा क्षणिक/आंशिक असर पुर्याउन सक्छ।



तपाईको प्रतिक्रिया दिनुहोस