जुवातास खेल्दै गरेका १२९ जना विभिन्न स्थानबाट पक्राउ

देशभरका विभिन्न स्थानबाट जुवातास खेलिरहेका १ सय २९ जनालाई प्रहरीले नगद र ताससहित पक्राउ गरेको छ।
काठमाडौं, नुवाकोट, मुस्ताङ, पाँचथर, बाँके, नवलपरासी, कैलाली, कञ्चनपुर, र बर्दियाका विभिन्न घर र होटलहरूमा छापा मार्दा करिब १९ लाख रुपैयाँ र तास बरामद भएको हो। पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस