Techie IT
२०८२ कार्तिक २८, शुक्रबार

अहिले नेपाल र स्कटल्यान्ड भिड्दै, करण र भीमले खेल गुमाउने


आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक शृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले आज स्कटल्यान्डको सामना गर्दैछ । अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट मैदानमा हुने उक्त खेल नेपाली समय अनुसार राति १०ः१५ बजेदेखि सुरु हुनेछ । 

उक्त खेलमा नेपाल दोस्रो जितको खोजीमा रहेको छ । यही शृङ्खलाको खेलमा नेपालले स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेको थियो । त्यसैगरी अमेरिकासँग भने नेपाल तीन विकेट र ३७ रनले पराजित भएको थियो ।     
    
यता स्कटल्यान्ड तेस्रो जित दर्ता गराउने उद्देश्यका साथ मैदानमा उत्रदैछ । स्कटल्यान्डले अमेरिकाविरुद्ध १० विकेट र ७१ रनको जित निकालेको थियो। आजको स्कटल्यान्ड विरुद्धको खेलमा नेपाली राष्ट्रिय टोलीका तीव्र गतिका बलर करण केसी र ब्याटर भीम सार्कीले नखेल्ने भएका छन् । 

दुवै जना खेलाडीलाई चोट लागेका कारण स्कटल्यान्डविरुद्धको खेल गुमाउने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जानकारी दिएको छ ।क्यानका अनुसार उनीहरुको स्थानमा ब्याटर देव खनाल र तीव्र गतिका बलर सागर ढकाललाई टोलीमा समेटिएको छ । 

लिग–२ मा नेपाल ११ खेलमा पाँच अङ्कका साथ अङ्क तालिकाको सातौँ स्थानमा छ । त्यस्तै स्कटल्यान्ड १० खेलबाट १३ अङ्क जोड्दै अङ्क तालिकाको तेस्रो स्थानमा छ ।    



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट