Techie IT
२०८३ असार २५, बिहीबार

करेन्ट लागेर सिन्धुली र बर्दियामा दुई जनाको मृत्यु


सिन्धुली र बर्दियामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।

सिन्धुलीको दुधौली नगरपालिका-१४ का २६ वर्षीय नवराज खड्काको पानी तान्ने मोटरको स्विच थिच्ने क्रममा करेन्ट लागेर उपचारको क्रममा कटारी अस्पतालमा मृत्यु भएको छ।

त्यस्तै, बर्दियाको बढैयाताल गाउँपालिका-२ का २५ वर्षीय धनिराम रैदासको विजुलीको पोलमा रहेको तारबाट करेन्ट लागेर स्थानीय समिक्षा मेडिकलमा उपचारको क्रममा निधन भएको हो।

प्रहरीले घटनासम्बन्धी आवश्यक अनुसन्धान गरिरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट