Techie IT
२०८३ जेष्ठ ११, सोमबार

सांसद दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर


गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योग गरेको अभियोगमा दोषी ठहर भएका छन् ।

मनाङ्ग प्रदेश सभा-२ बाट निर्वाचित सांसद राजीव गुरुङ, उर्फ 'मनाङे', लाई नेपाल सर्वोच्च अदालतले पाँच वर्षको जेल सजायको निर्णयलाई पुनः पुष्टि गरेको छ। उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेपछि मनाङे सर्वोच्च अदालतमा पुनरावलोकनको लागि पुगेका थिए। 

सर्वोच्चले उनको माग खारेज गर्दै उच्च अदालतको निर्णयलाई कायम राख्यो, जसअनुसार अब उनलाई बाँकी तीन वर्षको जेल सजाय भुक्तान गर्नुपर्नेछ। उक्त मुद्दामा मनाङे २ वर्ष जेल सजाय काटिसकेका छन् ।

स्वतन्त्र उम्मेदवारका रूपमा २०७४ र २०७९ सालमा गण्डकी प्रदेश सभामा निर्वाचित उनी सत्ता परिवर्तनसँगै पटकपटक मन्त्रीसमेत बनेका थिए। यसअघि उनले राजनीतिक प्रणालीमाथि व्यंग्य गर्दै मन्त्री पद नै बेचिदिने अभिव्यक्ति व्यक्त गरेका थिए।

यो मुद्दा २०६१ सालको घटनासँग जोडिएको छ , जहाँ मनाङेले मिलन चक्रे भनिने मिलन गुरुङमाथि काठ्माण्डौंको चक्रपथमा तरवार प्रहार गरेका थिए। उक्त घटनामा गुरुङको हातमा चोट लागेको थियो । 

यसैको आधारमा काठमाडौं जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो। पछि उच्च अदालत पाटनले सो मुद्दालाई ज्यान मुद्दामा परिणत गर्दै पाँच वर्षको जेल सजाय सुनाएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट