Techie IT
२०८२ मंसिर १, सोमबार

इजरायलद्वारा हिजबुल्लाहको मुख्य गढमा हवाई आक्रमण


Photo: Xinhua/Bilal Jawich

इजरायलले बिहीबार दक्षिण बेरुतस्थित हिजबुल्लाहको मुख्य गढमा हवाई आक्रमण गरेको छ। हिजबुल्लाहले इजरायलको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेपछि इजरायलले प्रतिकार स्वरूप यो आक्रमण गरेको हो।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार पूर्वी लेबनानको बेका उपत्यका र हिजबुल्लाहको प्रभुत्व रहेको बालबेक सहरमा इजरायली आक्रमणका कारण ४० जनाको मृत्यु भएको छ। इजरायल र हिजबुल्लाहबीचको तनाव सेप्टेम्बरको अन्त्यदेखि कडा युद्धमा परिणत भएको छ, र इजरायल उत्तरी सीमाको सुरक्षामा समेत जुटेको छ।

बेरुत विमानस्थल नजिकैको आक्रमणले एउटा हिटर कारखानाको गोदाममा ठुलो क्षति पुर्‍याएको छ। लेबनानी यातायातमन्त्री अलि हामेले विमानस्थलमा सामान्य क्षति भए पनि उडान र अवतरणमा कुनै अवरोध नभएको बताएका छन्।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले विजय नहुन्जेल हमास र हिजबुल्लाहविरुद्धको संघर्ष जारी राख्ने प्रतिबद्धता जनाएका छन्। अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पसँगको कुराकानीमा नेतान्याहुले इरानले द्वन्द्वमा थप खतरा उत्पन्न गरेको बताउँदै ट्रम्पलाई चुनावी विजयको बधाई दिएर इजरायलको सुरक्षाका लागि मिलेर काम गर्न सहमति जनाएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट