बस र माइक्रो ठोक्किँदा आठजना घाइते
धादिङको नीलकण्ठ नगरपालिका-८ ससाहमा बस र माइक्रो बस ठोक्किएर आठजना घाइते भएका छन्। धादिङबाट काठमाडौं जाँदै गरेको ना.७ख ३१९८ नम्बरको बस र बागमती प्रदेश ००१ज०५२९इभी भ्यान एकआपसमा ठक्कर खाँदा यो दुर्घटना भएको हो।
घाइतेहरूलाई धादिङ अस्पतालमा उपचार भइरहेको छ भने, दुईजनालाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको छ।




तपाईको प्रतिक्रिया दिनुहोस